Joshua 9:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले जवाफ दिए, “हजुर, हामीले त्‍यसो गर्‍यौं किनभने हामीले थाहा पायौं कि तपाईंहरू अघि बढ्दैआउँदा यो सारा देश तपाईंहरूलाई यहाँ बास गर्ने मानिसहरूलाई नाश पार्न भनी तपाईंहरूका परमेश्‍वरले आफ्‍ना दास मोशालाई आज्ञा गर्नुभएको थियो। हामीलाई तपाईंहरूको डर भयो, आफ्‍ना प्राणको पनि डर भयो। यसकारण हामीले त्‍यसो गर्‍यौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूले यहोशूलाई भने, “परमप्रभु तपाईंका परमेश्‍वरले आफ्‍नो दास मोशालाई यो देश जम्‍मै तपाईंहरूलाई दिने र यस देशका सारा बासिन्‍दाहरूलाई नष्‍ट गर्ने आज्ञा दिनुभएको कुरा हामी तपाईंका दासहरूलाई प्रष्‍ट बताइएको थियो। यसकारण तपाईंसँग आफ्‍नो ज्‍यानको साह्रो डर लागेर हामीले यसो गरेका हौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले यहोशूलाई भने, “याहवेह तपाईंका परमेश्‍वरले आफ्नो सेवक मोशालाई यो सम्पूर्ण देश तपाईंहरूलाई दिन र यस देशका सारा बासिन्दाहरूलाई नष्‍ट गर्न आज्ञा दिनुभएको थियो। त्यसैले हामी आफ्नो ज्यानको निम्ति डरायौँ। यसकारण हामीले यसो गरेका हौँ।
Nepali ERV (पवित्र बाइबल)
गिबोनी मानिसहरूले उत्तर दिए, “हामीले तपाईंसित झूटो कुरा गर्यौं किनभने हामीलाई तपाईंहरूले मार्नु हुनेछ भनी हामी भयभीत थियौं। हामीले यो सुन्यौं कि परमेश्वरले उहाँका दास मोशालाई यो सम्पूर्ण देश तपाईंहरूलाई दिनु भनी आज्ञा दिनु भएको थियो। अनि परमेश्वरले तपाईंहरूलाई भन्नुभयो यो देशमा बस्ने सबै मानिसहरूलाई मारिदिनु। त्यसै कारणले हामीले तपाईंसित झूटो बोल्यौं।