Joshua 9:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्‍योसँगै उनले तिनीहरूलाई कमारा-कमारी बनाए अनि परमप्रभुका वेदी र इस्राएलका मानिसहरूका निम्‍ति दाउरा काट्‍न र पानी बोक्‍न लाए। परमप्रभुले आफ्‍ना आराधना-स्‍थल भनी छान्‍नुभएको ठाउँमा आजसम्‍म तिनीहरूले ती काम गरिरहेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस दिन यहोशूले उनीहरूलाई समुदायको निम्‍ति र परमप्रभुले छान्‍नुभएको ठाउँमा उहाँका वेदीको निम्‍ति दाउरे र पनेरे तुल्‍याए। उनीहरू आजको दिनसम्‍म त्‍यस्‍तै छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन यहोशूले गिबोनीहरूलाई सम्पूर्ण समुदायका निम्ति र याहवेहले चुन्‍नुहुने उहाँको वेदीका निम्ति दाउरा काट्ने र पानी भर्नेहरू बनाए। अनि आजको दिनसम्म पनि तिनीहरूले त्यही काम गर्छन्।
Nepali ERV (पवित्र बाइबल)
यहोशूले गिबोनका मानिसहरूलाई इस्राएलका मानिसहरूका दास बन्न दिए। तिनीहरूले इस्राएलका मानिसहरूका निम्ति र परमप्रभुको बेदीका निम्ति दाउरा काट्थे अनि पानी ल्याउँथे-परमप्रभुले चुन्नु भएको जुन सुकै स्थानमा ती मानिसहरू आज सम्म पनि दास छन्।