Joshua 9:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि तिनीहरू गिलगालमा इस्राएलीहरूका छाउनीमा गए अनि यहोशू र इस्राएलका मानिसहरूलाई भने, “हामी टाढाबाट आएका हौं। हामीसित सन्धि गर्नुहोस् भन्ने हाम्रो बिन्ती छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उनीहरूले गिलगालको छाउनीमा यहोशूकहाँ आएर तिनलाई र इस्राएलीहरूलाई भने, “हामी टाढ़ा देशबाट आएका हौं। यसकारण हामीसँग सन्धि गर्नुहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरू गिलगालमा यहोशूको छाउनीमा गएर तिनलाई र इस्राएलीहरूलाई भने, “हामी टाढाको देशबाट आएका हौँ; यसकारण हामीसँग सन्धि गर्नुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
तब ती मानिसहरू इस्राएलका मानिसहरूका छाउनीमा गए। यो छाउनी गिलगाल नजिक थियो। ती मानिसहरू यहोशू कहाँ गए अनि तिनलाई भने, “हामी अति टाढा देशबाट यात्रा गरेर आएका हौं हामी तपाईंसित शान्ति-सन्धि गर्न चाहन्छौं।”