Joshua 9:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर इस्राएलका मानिसहरूले भने, “किन हामीले तिमीहरूसित सन्‍धि-पत्र गर्नू? हुन सक्‍छ, तिमीहरू नजिकै कहीँ बास गर्दछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि इस्राएली पुरुषहरूले ती हिव्‍वीहरूलाई भने, “शायद तिमीहरू हाम्रै बीचमा रहने मानिसहरू हौ, तिमीहरूसँग हामीले कसरी सन्‍धि गर्न सक्‍छौं?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका मानिसहरूले हिव्वीहरूलाई भने, “सायद, तिमीहरू हाम्रै नजिकमा बस्‍ने मानिसहरू हौ। अनि हामीले कसरी तिमीहरूसँग सन्धि गर्न सक्छौँ?”
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका मानिसहरूले यी हिव्वी मानिसहरूलाई भने, “हुन सक्छ तिमीहरूले हामीलाई छल्ने कोशिश गर्दैछौ। हुन सक्छ तिमीहरू हाम्रो नजिकमा बस्छौ। हामी तिमीहरूसित सन्धि गर्न सक्तैन्नौं। जब सम्म हामी जान्दैनौं तिमीहरू कहाँबाट आएका हौ?”