Jude 1:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका लागि यो कति डरलाग्‍दो कुरा हो। तिनीहरू कयिनको बाटोमा लागे। पैसाको लागि बालामले गरेको नराम्रो कामको बाटो पैल्‍याए अनि कोरहले जस्‍तै तिनीहरूले विरोध गरे र तिनीहरू त्‍योजस्‍तै नाश हुन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूलाई धिक्‍कार छ! किनकि तिनीहरू कयिनको चालमा हिँड्‌छन्, लाभको खातिर बालामको भूलमा फस्‍दछन्‌ र कोरहको विद्रोहमा जस्‍तै नष्‍ट हुन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस्ताहरूलाई धिक्‍कार छ! तिनीहरू कयिनको बाटोमा लागेका छन्। तिनीहरू लाभको निम्ति बालामको गल्तीतिर हतारिन्छन्। तिनीहरू कोरहको विद्रोहमा जस्तै नष्‍ट भएका छन्।
Nepali ERV (पवित्र बाइबल)
यो तिनीहरुका निम्ति अत्यन्तै नराम्रो हुनेछ। यी मानिसहरुले कयिन हिँडेको मार्ग अनुसरण गरेका छन्। धन कमाउन तिनीहरु बालाम हिँडेको बाटोमा हिडिरहेका छन्। तिनीहरु परमेश्वरको विरोधमा कोरह झैं लडछन्। यसर्थ कोरह झैं तिनीहरु पनि सडनेछन्।
Nepali Tamang 2011
थेनीगदेसे परमेश्‍वरग्‍याम घ्रेन सजाय याङ्ला। तिग्‍दा भिसम थेनीगदे कयिन भिबा म्‍हिला ह्रङ्‌बान बानीबेहोर थोसी भ्रबा मुला। ओच्‍छे टाङगाला लागिरी बालाम भिबा म्‍हिसे लबा ह्रङ्‌बान नइबा गे लसी भ्रबा मुला। थेह्रङ् लसीन कोरह भिबा म्‍हिसे ह्रङ्नोन परमेश्‍वरग्‍याम अधिकार याङ्बा तिगै दोष आरेबा म्‍हिगदेदान बिरोध लसी भ्रबा मुला। थेतबासेलमा थेनीगदेएनोन थे म्‍हिगदे ह्रङ्नोन नाश तला।