Jude 1:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी मात्तिएका मानिसहरू तिमीहरूको प्रीति-भोजमा कलङ्क हुन्। तिनीहरू अरूको वास्तै नगरी आफ्नै पेट भर्ने हुन्। तिनीहरू बतासले उडाएर लैजाने र पानी नपार्ने हल्का बादलजस्तै छन्। तिनीहरू फल केही नभएका जरैदेखि उखेलिएका नाङ्गा सुकिसकेका रूखजस्तै छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका प्रीतिभोजमा यिनीहरू कलङ्क हुन्। किनकि यिनीहरू आफ्नै मात्र ख्याल राखी धन्दै नमानी बेसरी खान्छन् र पिउँछन्। तिनीहरू बतासले उड़ाइलैजाने पानीविनाको बादलसरह छन्, हिउँदका फलहीन वृक्षजस्ता, जो दुई पल्ट मरिसकेका र जरैसमेत उखेलिएका हुन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी मानिसहरू तिमीहरूका प्रेम भोजहरूमा कलङ्कहरू हुन्, जो सङ्कोचविना निर्धक्कसित तिमीहरूसँगै खान्छन्। तिनीहरू आफ्नै मात्र पेट भर्ने गोठालाहरू हुन्। तिनीहरू बतासले उडाइएका पानीविनाका बादलहरू हुन्। तिनीहरू शरद ऋतुका फल नभएका दुई पल्ट मरिसकेका र जरैसित उखेलिएका रूखहरू हुन्।
Nepali ERV (पवित्र बाइबल)
यी मानिसहरु तिमीहरुको समूह भोजमा भएका फोहोर दागहरु जस्तै हुन्। तिनीहरु तिमीहरुको भोजनमा साथ दिन्छन् अनि निर्भय साथ खान्छन्। तिनीहरु आफ्नै स्वार्थ केन्द्रित गोठालाहरु हुन्। ती वृष्टिहीन मेघहरु हुन्। बतासले तिनीहरुलाई चारैतिर उडाउँछ। तिनीहरु ती बृक्षहरु हुन् जुन समयमा फल दिँदैनन्, अनि भूँइबाट उखेलिन्छन्। यसरी तिनीहरु पूर्णरुपले मर्छन्।
Nepali Tamang 2011
चु म्हिगदे चा एनीगदेसे मण्डलीरी लबा भोजगदेरी बेइज्जत लबागदे हिन्ना। तिग्दा भिसम थेनीगदेसे तिगै धन्दा सुर्दा आलना ह्राङला जे वास्ता लसी ल्हानान चबा थुङ्बा लमुला। थेनीगदे लाबासे भोर्बा नाम आरेबा खसुदेन तिगै आरोबा सेर्खला दोङ ह्रङ्बान हिन्ना। थेह्रङ्बा दोङ चा न्हीरेमधोना सिसी टाहेन्सेन नइसी गुर्मुला।