Jude 1:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आदमका सातौँ पुस्‍ता हनोकले पछि हुने यही कुरा उहिले नै भनेका थिए, “हेर, हजारौं-हजारौं पवित्र दूतहरूका साथमा प्रभु आउँदै हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आदमदेखि सातौँ पुस्‍ताका हनोकले पनि यी मानिसहरूका विषयमा यस्‍तो अगमवाणी बोलेका थिए, “हेर, परमप्रभु आफ्‍ना असंख्‍य पवित्र जनहरूसँग आउनुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आदमदेखि सातौँ पुस्ताका हनोकले यस्ता मानिसहरूबारे यसरी अगमवाणी गरेका थिए: “हेर, प्रभु हरेकको न्याय गर्नलाई आफ्ना हजारौँ-हजार पवित्र जनहरूसँग आउँदैहुनुहुन्छ;
Nepali ERV (पवित्र बाइबल)
आदमका सातौं सन्तान हनोकले तिनीहरुको बारेमा येसो भनेका छन् “हेर, प्रभु उहाँका हजारौं हजारौं पवित्र दूतहरुसंग आउँनु हुँदैछ।
Nepali Tamang 2011
आदमहेन्‍से पुस्‍ता निस लिच्‍छाला हनोक भिबा म्‍हिसेनोन थेह्रङ्बा म्‍हिगदेला बारेरी ङाच्‍छान चुह्रङ् भिसी पाङ्बा मुबा, “च्‍यागो, परमप्रभु झ्‍यासीन झ्‍याबारी आखम्‍बा ह्राङला म्‍हिगदेदेन छ्‌याम फेप्‍खबान मुला।