Jude 1:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले यस्‍ता मानिसहरू सबैलाई न्‍याय गर्नुहुनेछ अनि तिनीहरूले गरेका नराम्रा किसिमका कामहरूको अनि उहाँका विरुद्धमा बोलेका कुराहरूको दण्‍ड दिनुहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबैको इन्‍साफ गर्न, सबै मानिसहरूलाई दण्‍ड दिन, जसले अधार्मिक रीतिले भक्तिहीन कार्यहरू गरेका छन्, र ती भक्तिहीन मानिसहरूलाई दण्‍ड दिन जसले उहाँको विरुद्धमा कठोर कुरा बोलेका छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि ती सबै, जसले अभद्र तरिकाले ईश्‍वरहीन कामहरू गरे, र ईश्‍वरहीन पापीहरूले उहाँको विरुद्धमा बोलेका सबै कुराहरूको दण्ड दिनलाई आउँदैहुनुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
प्रभुले हरेक मानिसको न्याय गर्नु हुनेछ। प्रभु सबै मानिसहरुको न्याय गर्न अनि जो परमेश्वरका विरुद्ध छन्, तिनीहरुलाई दण्ड दिन आउँनु हुँदैछ। परमेश्वरले तिनीहरुले गरेको परमेश्वर विरोधी जम्मै कुराहरुको निम्ति तिनीहरु सबैलाई दण्ड दिनुहुनेछ। उहाँले यी पापीहरुलाई, जो परमेश्वरका विरुद्धमा जति कर्णकदु कुरा गरे ती सबैको निम्ति दण्ड दिनु हुनेछ।”
Nepali Tamang 2011
थेसे जम्‍मान म्‍हिगदेला निसाफ लला ओच्‍छे परमेश्‍वरदा आतेन्‍ना पाप गे लसी परमेश्‍वरला बिरोध लसी नइबा ताम लबागदेदा सजाय पिन्‍ना।