Jude 1:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आगोको नरकमा पर्नबाट अरूहरूलाई तानेर बचाओ। अरूहरूलाई दयासाथ प्रेम गर तर पापको दाग लागेको तिनीहरूको लुगालाई समेत घृणा गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अरूलाई आगोबाट तानी निकालेर बचाओ, कसै-कसैलाई दया देखाउँदा होशियार गर, पापमय स्‍वभावद्वारा अपवित्र भएका वस्‍त्रसमेत घृणा गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आगोको अनन्त नरकमा पर्न लागेका केही मानिसहरूलाई झट्टै बचाओ; उहाँको डरलाई हृदयमा राखेर अरूहरूप्रति सधैँ दया देखाओ। भ्रष्‍ट शरीरले दाग लगाएको वस्त्रलाई घृणा गर।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरु तिनीहरुलाई आगोबाट खोस। तर खुबै सावधान बन जब तिमी अन्य मानिसहरुलाई सहायता गर्छौ। तिनीहरुका वस्त्र समेतलाई घृणा गर जुन पापले फोहोर भएका छन्।
Nepali Tamang 2011
स्‍य्‍हान्‍दोगदेदा नर्गला मेग्‍याम तेःसी जोगब लउ, ओच्‍छे खालै खालैदा दया लबारी होशियार तउ, पापसे लमा न्‍होङ्बा थेनीगदेला बानीबेहोरदा बिरोध लउ।