Jude 1:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रियहरू, तिमीहरूलाई हामी सबैले पाएको मुक्तिको बारेमा लेख्‍न मलाई ठूलो इच्‍छा भयो र साथै सधैँ पुग्‍ने गरी आफ्‍ना भक्तहरूलाई परमेश्‍वरले एकै चोटि दिनुभएको विश्‍वासको लागि लड्‍ने हौसला तिमीहरूलाई दिनैपर्छ जस्‍तो लाग्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रिय हो, हामी सबै सहभागी भएका उद्धारको विषयमा लेख्‍न म साह्रै उत्‍सुक भएको छु, त्‍यसैले सन्‍तहरूलाई सदाकालको निम्‍ति सुम्‍पिएको विश्‍वास रक्षा गर भन्‍ने निवेदन गर्न तिमीहरूलाई लेख्‍न मैले आवश्‍यक ठाने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रिय मित्रहरू हो, म तिमीहरूलाई हामी सहभागी भएको मुक्तिको विषयमा लेख्न अति इच्छुक भए तापनि परमेश्‍वरका सन्तहरूलाई सधैँको निम्ति सुम्पिएको विश्‍वासको रक्षा गर भनेर तिमीहरूलाई बिन्ती गर्दै लेख्न मलाई इच्छा लाग्यो।
Nepali ERV (पवित्र बाइबल)
प्रिय मित्रहरु, म तिमीहरुलाई हामी सबैले एकसाथ सहभागी भएको उद्धारको बारेमा लेख्न खूबै इच्छुक भएको छु। म तिमीहरुलाई परमेश्वरले उहाँको पवित्र मानिसहरुलाई प्रदान गर्नु भएको विश्वासको निम्ति कठिन संर्घष गर्ने उत्साह प्रदान गर्ने इच्छा गर्छु। परमेश्वरले यो विश्वास एकै पल्ट प्रदान गर्नुभयो अनि यो सबै समयको निम्ति पर्याप्त भयो।
Nepali Tamang 2011
ङाला सेम निबा ह्रोगदे, य्‍हाङदा परमेश्‍वरसे माया लसी थार्ना लबा गेला बारेरी सेमहेन्‍सेन भ्रिइ म्‍हन्‍मुबा। तर परमेश्‍वरसे ह्राङला लागिरी फेसी थान्‍बा म्‍हिगदेदा सदनना लागिरी तिरेम पिन्‍बा विश्‍वासदा जोगब लसी थान्‍बारी चा एनीगदेसे भङ याङ्‌गै भिसी ङाइ चु ताम भ्रिनोन तोःला भिसी म्‍हन्‍जी।