Jude 1:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कोही-कोही पहिले नै दोषी ठहरिएका मानिसहरू तिमीहरूका बीचमा सुटुक्‍क पसेका छन्। तिनीहरूले परमेश्‍वरलाई नै मान्‍दैनन्। परमेश्‍वरले दिनुभएको अनुग्रहलाई नराम्रो काम गर्ने हतियार बनाएका छन् अनि येशू ख्रीष्‍टलाई एक मात्र प्रभु र मालिक हुनुहुन्‍छ भनेर पनि मान्‍दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि धेरै अघिदेखि नै दण्‍डका भागीदार ठहरिएका कोही-कोही मानिसहरू गुप्‍त रूपले तिमीहरूका माझमा पसिसकेका छन्‌। यिनीहरू ईश्‍वरहीन मानिसहरू हुन्, जसले हाम्रा परमेश्‍वरको अनुग्रहलाई विलासितामा परिणत गरेका छन्, र हाम्रा एकमात्र स्‍वामी र प्रभु, येशू ख्रीष्‍टलाई इन्‍कार गर्छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि धेरै अगिदेखि दण्डको भागीदार छन् भनी लेखिएका कतिपय मानिसहरू तिमीहरूका बीचमा गुप्‍त रूपले पसिसकेका छन्। तिनीहरू ईश्‍वरहीन मानिसहरू हुन्, जसले हाम्रा परमेश्‍वरको अनुग्रहलाई दुष्‍ट आचरणको अनुमतिपत्रको रूपमा बदल्छन्, र हाम्रा एक मात्र मालिक र प्रभु येशू ख्रीष्‍टलाई इन्कार गर्दछन्।
Nepali ERV (पवित्र बाइबल)
कोही मानिसहरु तिमीहरुको समूहमा सुटुक्क पसेका छन्। तिनीहरुले गरिरहेका कुराको निम्ति दोषी ठहर्याई सकिएकोछ। धेरै अघि, अगमवक्ताहरुले तिनीहरुको विषयमा लेखेका थिए। तिनीहरु परमेश्वरका शत्रुहरु हुन्। तिनीहरुले हाम्रा परमेश्वरको अनुग्रहलाई हर तरहको पापकर्म गर्ने अनुमति पत्र बनाएका छन्। तिनीहरु हाम्रा एकमात्र मालिक एवं प्रभु येशू ख्रीष्टलाई अस्वीकार गर्छन्।
Nepali Tamang 2011
तिग्‍दा भिसम लुसीला ताम लोप्‍बा कोइ कोइ म्‍हिगदे एनीगदेला गुङरी खालैसे था आयाङ्ना लसी वाङ्बा मुला। थेनीगदे चा परमेश्‍वरदा आतेन्‍बा म्‍हि हिन्‍ना। थेनीगदेसे एनीगदेदा परमेश्‍वरग्‍याम दयामाया याङ्बा गा भिसी पाप लपुङ्मुला। ओच्‍छे येशू ख्रीष्‍टनोन य्‍हाङला प्रभुदेन मालिक हिन्‍ना भिसीएनोन विश्‍वास आलमुला। चुह्रङ्बा म्‍हिगदेसे परमेश्‍वरग्‍याम सजाय याङ्ला भिसी ङाच्‍छान परमेश्‍वरला बचनरी भ्रिबा मुला।