Jude 1:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूलाई थाहै भए पनि केही कुरा सम्‍झना गराउन चाहन्‍छु। प्रभुले आफ्‍ना मानिसहरूलाई मिश्रबाट निकालेर ल्‍याउनुभयो। तर पछि विश्‍वास नगर्ने जतिलाई स्‍वाहा पार्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले यी सब कुरा एक पल्‍ट जानेकै थियौ, तापनि अहिले म तिमीहरूलाई याद दिलाउन चाहन्‍छु, कि मिश्रदेशबाट बचाएर ल्‍याइएका मानिसहरूमध्‍ये विश्‍वास नगर्नेहरूलाई परमप्रभुले पछिबाट नष्‍ट पार्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले यो सबै जानिसकेका छौ तापनि म तिमीहरूलाई यो स्मरण गराउन चाहन्छु—प्रभुले आफ्नो जातिलाई इजिप्टबाट निकालेर ल्याउनुभयो; तर विश्‍वास नगर्नेहरूलाई पछिबाट नष्‍ट गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरुले जानिसकेको कुराहरु तिमीहरुलाई स्मरण गराउनमा म सहायता गर्न चाहन्छु याद गर कि प्रभुले मिश्र देशबाट बाहिर ल्याएर उहाँका मानिसहरुलाई बचाँउनु भयो। तर उहाँले ती सबै मानिसहरुको संहार गर्नु भयो जसले विश्वास गरेनन्।
Nepali Tamang 2011
ङाच्‍छा प्रभुसे तिग तिग लजी भिबा ताम एनीगदेदा था मुसैनोन ङाइ एनीगदेदा कोइ कोइ ताम ढन्‍ना लला। थेसे ह्राङला म्‍हि इस्राएलीगदेदा मिश्र य्‍हुल्‍साग्‍याम तेःसी भजी। तसैनोन थेनीगदे न्‍हङला विश्‍वास आलबा म्‍हिगदेदा लिच्‍छा नाश लजी।