Jude 1:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍नो अधिकारदेखि बाहिर रही आफ्‍नो वासस्‍थान पनि छोडेर हिँड्‍ने स्‍वर्गदूतहरूलाई समेत उहाँले न्‍यायको दिनमा सजाय दिन कहिल्‍यै नफुत्किने गरी बाँध्‍नुभएको छ र अन्‍धकारमा थुन्‍नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नो अधिकारको मर्यादा कायम नराखेर उचित वासस्‍थान त्‍याग्‍ने स्‍वर्गदूतहरूलाई उहाँले पातालको अन्‍धकारमा न्‍यायको त्‍यस ठूलो दिनसम्‍म अनन्‍त बन्‍धनमा राख्‍नुभएको छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती स्वर्गदूतहरू, जसले आफ्नो अधिकारको स्थान राखेनन्, तर तिनीहरूका आफ्नै घरसमेत त्याग गर्नेलाई उहाँले त्यस महान् दिनको न्यायको निम्ति अनन्तको साङ्लोले बाँधेर अन्धकारमा राख्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
अनि याद गर, ती स्वर्गदूतहरुलाई जो सित अधिकार थियो तर उहाँले राख्नु भएन। तिनीहरुले आफ्नै घर त्याग गरे। यसर्थ प्रभुले ती स्वर्गदूतहरुलाई अन्धकारमा राख्नु भयो। तिनीहरुलाई सदा रहिरहने बन्धनमा बाँध्नु भयो। उहाँले त्यो महान् दिनमा न्याय गर्न तिनीहरुलाई राख्नु भयो।
Nepali Tamang 2011
ओच्‍छे थेदा पिन्‍बा अधिकारला वास्‍ता आलना ह्राङला ग्‍ला ख्‍लासी भ्रबा स्‍वर्गदूतगदेदाएनोन निसाफ लबा धुइरी सजाय पिन्‍बाला लागिरी खाइमै स्‍योर्बारी आखम्‍ना लसी प्रभुसे च्‍याल्‍दासे खीसी धोपधोप्‍बा ग्‍लारी थान्‍बा मुला।