Judges 1:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विवाहको दिनमा ओत्निएलले अक्सालाई आफ्ना बुबासँग जमिन माग्न लाए। तिनी आफू चढेको गधाबाट उत्रिन्। बुबाले चाहिँ तिनलाई “अब के चाहियो?” भनी सोधे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एक दिन जब अक्सा ओत्निएलकहाँ आइन् तब उनले तिनलाई आफ्ना पितासित एक टुक्रा जमिन माग्नलाई सुर्याए। जब तिनी आफ्नो गधाबाट ओर्लिन् तब कालेबले तिनलाई सोधे, “तँलाई के चाहियो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक दिन तिनी ओत्निएलकहाँ जाँदा तिनले आफ्नो पिताबाट एउटा जमिन माग्न भनी उनलाई सुर्याए। अक्सा आफ्नो गधाबाट ओर्लेपछि कालेबले तिनलाई सोधे, “म तिम्रा निम्ति के गर्न सक्छु?”
Nepali ERV (पवित्र बाइबल)
अक्सा ओत्निएलसित बस्नगइन्। ओत्निएलले अक्सालाई आफ्ना पितासित केही भूमि माग्नु भने। अक्सा पिता कहाँ गइन्। जब तिनी आफ्नो गधाबाट ओर्लिन कालेबले तिनलाई भने, “के गल्ती भयो?”