Judges 1:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले भनिन्, “तपाईंले मलाई सुक्‍खा मुलुक दिनुभएको नेगेवमा मलाई केही पानीका मुहानहरू चाहिन्‍छ।” कालेबले तिनलाई माथिल्‍लो र तल्‍लो पानीका मुहानहरू दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले भनिन्, “मलाई एउटा दाइजो दिनुहोस्‌। तपाईंले मलाई नेगेवमा जग्‍गा दिनुभएको कारणले, अब मलाई पानीका मूलहरू पनि दिनुहोस्‌।” यसैले कालेबले तिनलाई माथिल्‍लो र तल्‍लो दुवै पानीका मूलहरू दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले जवाफ दिइन्, “ममाथि एउटा विशेष कृपा गर्नुहोस्। तपाईंले मलाई दक्षिणमा एउटा जमिन दिनुभएको हुनाले मलाई पानीका मूलहरू पनि दिनुहोस्।” तब कालेबले तिनलाई माथिल्‍ला र तलका पानीका मूलहरू दिए।
Nepali ERV (पवित्र बाइबल)
अक्साले कालेबलाई उत्तर दिइन्, “मलाई एक आशीर्वाद दिनुहोस्। तपाईंले मलाई नेगेबमा एक टुक्वा जमीन दिनुभयो। कृपया मलाई त्यसमा पानीको व्यवस्था गरिदिनु होस्।” यसर्थ कालेबले अक्सालाई तिनले चाहेको कुरा दिए। कालेबले अक्सालाई त्यस भूमिका माथिल्लो अनि तल्लो पानीको मूलहरू दिए।