Judges 1:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरीहोदेखि यहूदावंशीहरूसँग मोशाका ससुराका शाखा सन्‍तान केनीहरू आरादको दक्षिणतर्फ यहूदाको उजाड-भूमिमा गए। यरीहोलाई खजूरका रूखहरूको सहर भनिन्‍थ्‍यो। तिनीहरू यहूदामा अमालेकीहरूका बीच बास गर्न थाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशाका ससुराका सन्‍तान, केनीहरू यहूदाका मानिसहरूसँग खजूरका रूखहरूको सहरबाट आराद नजिकको नेगेवमा भएको यहूदाको उजाड़-भूमिमा गए, र त्‍यहाँका मानिसहरूसँग बसोबास गर्न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशाका ससुराका सन्तान, केनीहरू यहूदाका मानिसहरूसँग खजूरका रूखहरूको सहरबाट आराद नजिकको दक्षिणमा भएको यहूदाको उजाडस्थानमा गए, र त्यहाँका मानिसहरूसँग बसोबास गर्न लागे।
Nepali ERV (पवित्र बाइबल)
मोशाका ससुराका सन्तान, केनीहरू यहूदाका मानिसहरूसंग खजूरका रूखहरूको शहरबाट आराद नजीक नेगेवमा भएको यहूदाको मरूभूमिमा गए, र त्यहाँका मानिसहरूसंग बसोबास गर्न लागे।