Judges 1:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदावंशी र शिमियोनवंशीहरू मिलेर गई सपत सहरमा बस्ने कनानीहरूलाई जिते। तिनीहरूले त्यस सहरलाई सरापे र भस्म गरे र त्यसको नाम होर्मा राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि यहूदाका मानिसहरूले आफ्ना दाजुभाइ शिमियोनहरूसँग गएर सपतमा बस्ने कनानीहरूलाई आक्रमण गरेर त्यस सहरलाई पूर्ण रूपले नाश गरे। यसकारण त्यस सहरको नाउँ होर्मा राखियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यहूदाका मानिसहरू आफ्ना दाजुभाइ शिमियोनीहरूसित गएर सपतमा बस्ने कनानीहरूमाथि आक्रमण गरे, र तिनीहरूले सहरलाई सम्पूर्ण रूपले नष्ट पारे। यसकारण त्यसलाई होर्मा भनियो।
Nepali ERV (पवित्र बाइबल)
केही कनानी मानिसहरू सपत शहरमा बस्थे। यसर्थ यहूदा अनि शिमोनका कुल समूहका मानिसहरूले ती कनानी मानिसहरू माथि आक्वमण गरे। तिनीहरूले पूर्णरूपले शहरलाई नाश पारे। यसर्थ तिनीहरूले त्यो शहरको नाउँ होर्मा राखे।