Judges 1:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[18-19] परमप्रभुले यहूदाका मानिसहरूलाई मद्दत गर्नुभयो र तिनीहरूले पहाडी देश अधिकार गरे। तर गाजा, अश्कलोन, एक्रोन र तिनका वरिपरिका ठाउँ भने तिनीहरूले कब्जा गरेनन्। यी मानिसहरू समुद्रका किनारमा बास गर्थे र तिनका फलामका रथहरू थिए। यसकारण यहूदी मानिसहरूले तिनीहरूलाई धपाउनै सकेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाले गाजा, अश्कलोन र एक्रोन सहरहरू र तिनका वरिपरिका जग्गाहरू पनि लिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाका मानिसहरूले गाजा, अश्कलोन र एक्रोनलाई तिनीहरूका वरिपरिका प्रान्तहरूसहित लिए।
Nepali ERV (पवित्र बाइबल)
यहूदाका मानिसहरूले गाजा शहर अनि त्यसका वरिपरिका स-साना शहरहरूलाई पनि अधिकारमा लिए। यहूदाका मानिसहरूले अश्कलोन, एक्वोन शहरहरू अनि ती वरिपरिका सबै स-साना शहरहरूलाई पनि कब्जा गरे।