Judges 1:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जासूसहरूले एउटा मानिसलाई सहरदेखि निस्‍कँदैगरेको देखे र भने, “यस सहरमा कसरी पस्‍न सकिन्‍छ, हामीलाई पनि भन, हामी तिम्रो केही हानि गर्नेछैनौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी गुप्‍तचरहरूले एक जना मानिसलाई सहरबाट बाहिर आइरहेको देखेर त्‍यसलाई भने, “सहरभित्र कसरी पस्‍ने हो हामीलाई बताइदेऊ, र हामी तिम्रो केही नोक्‍सानी हुन दिनेछैनौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब ती जासुसहरूले एक जना मानिसलाई सहरबाट बाहिर निस्कँदैगरेको देखे, र तिनीहरूले त्यसलाई भने, “हामीलाई सहरभित्र कसरी पस्‍ने हो देखाइदेऊ, र हामी तिमीप्रति असल व्यवहार गर्नेछौँ।”
Nepali ERV (पवित्र बाइबल)
जब ती जासूसहरूले बेथेल शहरलाई हेर्दैथे तिनीहरूले एकजना मानिसलाई शहर बाहिर आइरहेको देखे र जासूसहरूले त्यस मानिसलाई भने, “हामीलाई शहर भित्र प्रवेश गर्ने एउटा गुप्त मार्ग देखाऊ। हामी शहर माथि आक्वमण गर्नेछौं। तर यदि तिमीले हामीलाई सहायता गर्यौ भने हामी तिमीलाई नोक्सान पुर्याउने छैनौं।”