Judges 1:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस मानिसले बाटो देखाइदियो। त्‍यो मानिस र उसको परिवार छोडी सहरका अरू सबै मानिसहरूलाई एफ्राइम र मनश्‍शेका मानिसहरूले मारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले त्‍यसले तिनीहरूलाई सहरमा कसरी पस्‍ने हो सो बताइदियो, र तिनीहरूले सहरका मानिसलाई तरवारले मारे, तर त्‍यस मानिस र त्‍यसका सारा परिवारलाई छोड़िदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण त्यसले तिनीहरूलाई सहरभित्र पस्‍ने बाटो देखाइदियो। अनि उनीहरूले तिनीहरूका सहरलाई तरवारले नाश गरे, तर त्यो मानिस र त्यसको परिवारलाई चाहिँ छोडिदिए।
Nepali ERV (पवित्र बाइबल)
त्यो मानिसले जासूसहरूलाई शहर भित्र पस्ने गुप्त मार्ग देखाइ दियो। यूसुफका मानिसहरूले बेतेलका मानिसहरूलाई मार्न तिनीहरूका तरवारहरू प्रयोग गरे। तर त्यो मानिस अनि उसको सबै परिवारका सदस्यहरूलाई तिनीहरूले शहर कब्जा गर्न सहायता गरेको कारणले स्वतन्त्र साथ शहर जान दिए।