Judges 1:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदा वंशकाहरूले शिमियोनवंशीहरूलाई भने, “हाम्रा भागमा परेका इलाकामा तिमीहरू हामीसित आओ र हामी एकसाथ मिलेर कनानीहरूसँग लडाइँ गरौं। त्‍यसपछि तिमीहरूका भागमा परेका इलाकामा पनि हामी तिमीहरूसित जाऔंला।” यसरी शिमियोन
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाका मानिसहरूले आफ्‍ना दाजुभाइ शिमियोनीहरूलाई भने, “हाम्रो भागमा परेको जग्‍गामा हामीसँग आओ, र हामी कनानीहरूसँग लड़ाइँ गरौं। अनि हामी पनि तिमीहरूको भागमा परेको जग्‍गामा तिमीहरूसँग जानेछौं।” यसैले शिमियोन तिनीहरूसँग गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाका मानिसहरूले आफ्ना दाजुभाइ शिमियोनीहरूलाई भने, “कनानीहरूको विरुद्ध लडाइँ गर्नलाई हाम्रो भागमा परेको प्रान्तमा आउनुहोस्। यसको सट्टा हामी पनि तपाईंहरूसित तपाईंको भागमा परेको प्रान्तमा जानेछौँ।” यसकारण शिमियोनीहरू तिनीहरूसित गए।
Nepali ERV (पवित्र बाइबल)
यहूदाका मानिसहरूले तिनीहरूको दाजू-भाई शिमोनका मानिसहरूसित सम्झौता गरे, “आऊ हामीलाई सहायता गर्न हाम्रो क्षेत्रमा युद्ध गर अनि हामीहरू त्यसरी नै तिमीहरूको क्षेत्र जित्न तिमीहरूलाई सहायता गर्नेछौ।” शिमोनका मानिसहरू राजी भए र यहूदाका मानिसहरू, तिनीहरूका दाज्यू-भाईहरूलाई सहायता गर्न गए।