Judges 1:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कित्रोन र नहलोल सहरका बासिन्‍दाहरूलाई जबूलून कुलले धपाएनन्, कनानीहरू तिनीहरूसित त्‍यहाँ बसोबास गरेरहे र इस्राएलीहरूले तिनीहरूलाई आफ्‍ना लागि काम गर्न कर लगाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जबूलूनले कित्रोन र नहलोलका कनानीहरूलाई धपाएनन्, तर तिनीहरू उनीहरूसँग बसे, र तिनीहरूले उनीहरूलाई बेगार काम गर्ने तुल्‍याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
न त जबूलूनले नै कित्रोन अथवा नहललमा तिनीहरूसित बस्‍ने कनानीहरूलाई धपाए। यसैले यी कनानीहरू उनीहरूका बीच बसे, तर तिनीहरूले उनीहरूलाई बेगार काम गर्ने तुल्याए।
Nepali ERV (पवित्र बाइबल)
जबूलूनका कुल समूहका मानिसहरूसित पनि त्यस्तै भयो। जबूलूनका मानिसहरूले कनानी मानिसहरूलाई कित्रोन र नहलोल शहरहरूबाट बाहिर निकालेनन् ती कनानी मानिसहरू त्यहाँ रहेर जबूलूनका मानिसहरूसित बसे। तर जबूलूनका मानिसहरूले ती मानिसहरूलाई तिनीहरूका निम्ति दासको रूपमा काम गर्न लगाए।