Judges 1:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र यहूदा वंशका मानिसहरू एकसाथ लडाइँ गर्न गए। परमप्रभुले तिनीहरूलाई कनानी र परिज्‍जीहरूमाथि विजय दिनुभयो र बेजेक भन्‍ने ठाउँमा तिनीहरूले दश हजार मानिसहरूलाई हराए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यहूदा आक्रमण गर्नलाई अगि बढ़े, र परमप्रभुले कनानीहरू र परिज्‍जीहरूलाई तिनीहरूका हातमा सुम्‍पिदिनुभयो। तिनीहरूले उनीहरूका दश हजारलाई बेजेकमा मारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाले आक्रमण गर्दा याहवेहले कनानीहरू र परिज्जीहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो, र तिनीहरूले दश हजार मानिसहरूलाई बेजेकमा मारे।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले यहूदाका मानिसहरूलाई कनानीहरू अनि परिज्जीहरूलाई पराजित गर्नमा सहायता प्रदान गर्नुभयो। यहूदाका मानिसहरूले दशहजार मानिसहरूलाई बेजेक शहरमा मारिदिए।