Judges 1:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ऊ भाग्यो तर पछिपछि खेदेर तिनीहरूले उसलाई पक्रे। उसका हात र खुट्टाका बुढी औँलाहरू काटिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अदोनी-बेजेकचाहिँ भागे, तर तिनीहरूले उनलाई खेदेर पक्रे, र उनका हात र खुट्टाका बूढ़ी-औँला काटिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अदोनी-बेजेक भागे, तर तिनीहरूले तिनलाई खेदेर भेट्टाए, र तिनका हात र खुट्टाका बूढी-औँलाहरू काटिदिए।
Nepali ERV (पवित्र बाइबल)
बेजेकका राज्यपाल उम्कने कोशिश गरे। तर यहूदाका मानिसहरूले तिनलाई खेदे र समाते। जब तिनीहरूले उसलाई समाते, तिनीहरूले तिनका बूढी-औंलाहरू काटिदिए।