Judges 10:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अबीमेलेक मरेपछि पूवाको छोरो अनि दोदोको नाति तोला इस्राएलीको उद्धार गराउनलाई आयो। ऊ इस्‍साखार कुलको थियो अनि एफ्राइमको पहाडी देशको शामीर भन्‍ने ठाउँमा बास गर्दथ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अबीमेलेकको पालोपछि इस्‍साखारको एक जना मानिस, पुवाका छोरा दोदोका नाति, एफ्राइमको पहाड़ी देशको शामीरमा बस्‍ने तोला इस्राएललाई छुटाउनलाई खड़ा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अबीमेलेकको मृत्युपछि इस्साखारका एक जना मानिस, अर्थात् दोदोका नाति, पुवाका छोरा तोला इस्राएललाई बचाउनका निम्ति खडा भए। तिनी एफ्राइमको पहाडी मुलुकको शामीरमा बस्थे।
Nepali ERV (पवित्र बाइबल)
अबीमेलेकको मृत्यु पछि इस्राएलका मानिसहरूलाई बचाउँनका निम्ति परमप्रभुले अर्को न्यायकर्त्तालाई पठाउनु भयो। त्यो मानिसको नाउँ तोला थियो। तोला, पूआ नाउँ गरेका मानिसका छोरा थिए। पूआ दोदो नाउँका मानिसका छोरा थिए। तोला इस्साकारका कुल समूहका थिए। तोला शमीर शहरमा बस्थे। शमीर शहर एप्रैमको पहाडी देशमा थियो।