Judges 10:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब इस्राएलीहरूले परमप्रभुलाई पुकारे र भने, “हामीहरूले तपाईंको विरुद्धमा पाप गरेका छौं किनभने हामीले तपाईं हाम्रा परमेश्‍वरलाई त्‍याग्‍यौं र बाल-देवताहरू पुज्‍यौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि इस्राएलीहरूले सहायताको निम्‍ति परमप्रभुको पुकारा गरेर भने, “हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं। हामीले आफ्‍ना परमेश्‍वरलाई त्‍यागेर बाल देवताहरूलाई पुजेका छौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब इस्राएलीहरूले यसो भनेर याहवेहको पुकार गरे, “हामीले हाम्रा परमेश्‍वरलाई त्यागेर बाल-देवताहरूको सेवा गरेर तपाईंको विरुद्धमा पाप गरेका छौँ।”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ इस्राएलका मानिसहरूले सहायताको निम्ति परमप्रभुसंग विलाप गरे। तिनीहरूले भने, “हे परमेश्वर हामीले तपाईंको विरूद्ध पाप गरेका छौं। हामीले आफ्ना परमेश्वरलाई त्याग गर्यौ अनि झूटा देवता बाललाई पूज्यौ।”