Judges 10:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अम्मोनीहरूले यर्दन नदी पार तरेर गई यहूदा, बेन्यामीन र एफ्राइम कुलका मानिसहरूसँग लडाइँ गरे। इस्राएल महासङ्कष्टमा पर्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यहूदा, बेन्यामीन र एफ्राइममाथि आक्रमण गर्नलाई अम्मोनीहरू यर्दन पारि तरे, र इस्राएल साह्रै सङ्कष्टमा पर्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अम्मोनीहरू पनि यहूदा, बेन्यामीन र एफ्राइमका घरानासित लडाइँ गर्न यर्दन तरे; अनि इस्राएल ठूलो सङ्कष्टमा पर्यो।
Nepali ERV (पवित्र बाइबल)
अम्मोनी मानिसहरू त्यसपछि यर्दन नदी पारि गए। तिनीहरू यहूदा, बिन्यामीन अनि एप्रैमका मानिसहरूसित युद्ध गर्न गए। अम्मोनी मानिसहरूले इस्राएलका मानिसहरू माथि अनेक कष्टहरू ल्याए।