Judges 11:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[1-2] गिलादका एक जना साहसी योद्धा एउटी वेश्‍याको छोरो यिप्‍ता थिए। उसका बुबा गिलादको आफ्‍नी स्‍वास्‍नीपट्टिका अरू छोराहरू थिए। ती छोराहरू बढेपछि यिप्‍तालाई घरबाट निकालिदिए। तिनीहरूले उसलाई भने, “हाम्रा बुबाको केही धन-सम्‍पत्ति तैँले पाउनेछैनस्। तँ अर्की स्‍त्रीको सन्‍तान होस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गिलादी यिप्‍ता एक वीर योद्धा थिए। तिनी एक वेश्‍यातर्फका गिलादका छोरा थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गिलादी यिप्‍ता एक वीर योद्धा थिए। तिनका पिता गिलाद थिए; आमाचाहिँ एक वेश्या थिइन्।
Nepali ERV (पवित्र बाइबल)
यिप्तह गिलादका कुल समूहका थिए। तिनी एक शक्तिशाली सैनिक थिए। तर यिप्तह वेश्याका छोरा थिए। तिनका पिता गिलाद नाउँ गरेका मानिस थिए।