Judges 11:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अम्‍मोनका राजाले ती दूतहरूलाई उत्तर दियो, “जब इस्राएलीहरू मिश्रदेशदेखि निक्‍लिआए, तिनीहरूले अर्नोन नदीदेखि यब्‍बोक र यर्दन नदीसम्‍मका हाम्रा देश कब्‍जा गरे। यी जमिन अब शान्‍तिपूर्वक हामीलाई फर्काइदिनुपर्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अम्‍मोनी राजाले यिप्‍ताका मानिसहरूलाई यो जवाफ दिए, “जब इस्राएलीहरू मिश्रदेशबाट उक्‍लेर आए, तब तिनीहरूले अर्नोनदेखि यब्‍बोक र यर्दन नदीसम्‍मका हाम्रो देश लिए। यो देश शान्‍तिसित हामीलाई फर्काइदेऊ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अम्मोनीहरूका राजाले यिप्‍ताका दूतहरूलाई जवाफ दिए, “इस्राएल इजिप्टबाट उक्लिआउँदा तिनीहरूले अर्नोनदेखि यब्बोक र यर्दनसम्मै मेरो देश लिए। अब शान्तिसित त्यो मलाई फर्काइदेऊ।”
Nepali ERV (पवित्र बाइबल)
अम्मोनी मानिसहरूका राजाले यिप्तहका दूतहरूलाई भने, “हामी इस्राएलको विरूद्ध लडिरहेका छौ किनभने जब इस्राएलका मानिसहरू मिस्रदेशबाट आए तिनीहरूले हाम्रो सीमाना लिए। तिनीहरूले अर्नोन नदी र यब्बोक नदीको बीचको हाम्रो भूमि यर्दन नदी सम्म लिए। इस्राएली मानिसहरूलाई हाम्रो भूमि हामीलाई शान्तिसित फर्काइदिनु भनिदिनु होस्।”