Judges 11:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब तिनीहरू मरुभूमिका बीचबाट भएर गए अनि एदोम र मोआबका देशहरू फेरो मारेर मोआबका पूर्वपट्टि अर्नोन नदीपारि आइपुगे। त्‍यहाँ तिनीहरू छाउनी हालेर बसे तर तिनीहरूले अर्नोन नदी पार गरेनन्, कारण त्‍यो मोआब देशको सिमाना थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्‍यसपछि तिनीहरू एदोम र मोआबको फेरा मारेर उजाड़-स्‍थानबाट भई मोआबका पूर्वपट्टि लागे। तिनीहरूले अर्नोनको पारिपट्टि छाउनी हाले, तर तिनीहरू मोआबीहरूको देशभित्र त पसेनन्, किनभने अर्नोनचाहिँ मोआबको सिमाना थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यसपछि तिनीहरू उजाडस्थान भएर गए। अनि एदोम र मोआबको किनार भएर मोआबको पूर्वीय भागबाट छिरेर अर्नोनको पल्‍लोपट्टि छाउनी हाले। तिनीहरू मोआबको प्रान्तमा पसेनन्; किनकि अर्नोन त्यसको सिमाना थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि इस्राएलका मानिसहरू मरूभूमि अनि एदोम र मोआब देशका किनार वरिपरि भएर गए। इस्राएलका मानिसहरूले मोआब देशको पूर्वततिर यात्रा गरे। तिनीहरूले अर्नोन नदीको अर्कोतर्फ छाउनी बनाए। तिनीहरूले मोआब देशको सीमाना पार गरेनन्। (अर्नोन नदी मोआबदेशको सीमाना थियो)।