Judges 11:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर सीहोनले इस्राएलीहरूलाई बाटो दिएन। उसले आफ्ना सारा सेना भेला गर्यो, यहसामा छाउनी हाल्यो र इस्राएलीहरूमाथि आक्रमण गर्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर सीहोनले इस्राएललाई उनको देशबाट जानलाई विश्वास गरेनन्। उनले आफ्ना सबै मानिसहरूलाई भेला गरे, र यहसामा छाउनी हालेर इस्राएलसँग लड़ाइँ गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तरै पनि सीहोनले आफ्नो प्रान्तबाट भएर जान दिने कुरामा इस्राएलमाथि भरोसा गरेनन्। तिनले आफ्ना सबै मानिसहरू भेला गरेर यहसामा छाउनी हालेर इस्राएलीहरूसित लडाइँ गरे।
Nepali ERV (पवित्र बाइबल)
तर एमोरी मानिसहरूका राजा, सीहोनले इस्राएलका मानिसहरूलाई आफ्नो सीमाना पार गर्न दिएनन्। सीहोनले आफ्ना सबै मानिसहरूलाई भेला गरे अनि यहसमा छाउनी बनाए। तब एमोरी मानिसहरूले इस्राएलका मानिसहरूसित युद्ध गरे।