Judges 11:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर परमप्रभु इस्राएलका परमेश्वरले इस्राएलीहरूलाई सीहोन र उसका सेनामाथि विजय गराउनुभयो। यसरी इस्राएलीहरूले त्यहाँ बास गर्ने एमोरीहरूका सारा देशमाथि अधिकार गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तब परमप्रभु इस्राएलका परमेश्वरले सीहोन र उनका सबै मानिसहरूलाई इस्राएलको हातमा सुम्पिदिनुभयो, र तिनीहरूले उनीहरूलाई जितेर त्यस प्रान्तमा भएका एमोरीहरूका जम्मै इलाका अधिकार गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तब याहवेह इस्राएलका परमेश्वरले सीहोन र तिनका सबै सैनिकहरूलाई इस्राएलको हातमा दिनुभयो। अनि तिनीहरूले उनीहरूलाई परास्त गरे। इस्राएलले त्यस देशमा बस्ने एमोरीहरूका सबै देश अधिकारमा लिए।
Nepali ERV (पवित्र बाइबल)
तर परमप्रभु, इस्राएलका परमेश्वरले इस्राएलका मानिसहरूलाई सीहोन अनि तिनका सेनालाई पराजित गर्नमा सहायता प्रदान गर्नुभयो। यसरी एमोरी मानिसहरूको देश इस्राएलका मानिसहरूको सम्पत्ति बन्यो।