Judges 11:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी परमप्रभु इस्राएलका परमेश्‍वरले आफ्‍ना प्रजा इस्राएलीहरूका निम्‍ति एमोरीहरूलाई धपाउनुभएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमप्रभु इस्राएलका परमेश्‍वरले आफ्‍नो प्रजा इस्राएलका भलाइको निम्‍ति एमोरीहरूलाई धपाउनुभयो। अब यो फिर्ता लिन तिम्रो के अधिकार छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अब याहवेह इस्राएलका परमेश्‍वरले उहाँको प्रजा इस्राएलको सामुबाट एमोरीहरूलाई धपाइदिनुभएपछि, त्यसलाई लिने तपाईंको के अधिकार छ?
Nepali ERV (पवित्र बाइबल)
उहाँ नै परमप्रभु, इस्राएलका परमेश्वर हुनुहुन्थ्यो जसले एमोरी मानिसहरूलाई आफ्ना भूमि छोड्न बाध्य तुल्याउनु भएको थियो। अनि परमप्रभुले त्यो भूमि इस्राएलका मानिसहरूलाई दिनुभयो। के इस्राएलका मानिसहरूलाई यो भूमि छाडन लाउन सक्छु भनी तिमी ठान्छौ?