Judges 11:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के तिमी आफैंलाई सिप्‍पोरका छोरा अनि मोआबका राजा बालाकभन्दा ठूला सम्‍झन्‍छौ? के बालाकले कहिल्‍यै इस्राएलीहरूसँग जुध्‍ने काम गर्‍यो? के उसले हाम्रा विरुद्धमा कहिल्‍यै लडाइँ गर्‍यो?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब के तिमी मोआबका राजा सिप्‍पोरका छोरा बालाकभन्‍दा असल छौ र? के उसले कहिले इस्राएलसित झगड़ा गरेर आक्रमण गर्‍यो र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तपाईं मोआबका राजा सिप्पोरका छोरा बालाकभन्दा असल हुनुहुन्छ? के तिनले कहिल्यै इस्राएलसँग झगडा गरे अथवा तिनीहरूसित युद्ध गरे?
Nepali ERV (पवित्र बाइबल)
के तिमी सिप्पोरका छोरा बालाक भन्दा असल छौ र? उनी मोआब देशका राजा थिए। के उसले इस्राएलका मानिसहरूसित बहस गरे? के उनी साँच्चै नै इस्राएलका मानिसहरूसित लडे?”