Judges 11:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहँ, मैले तिमीलाई केही नराम्रो गरेको छैनँ। तिमीले पो हामीमाथि आक्रमण गरेर अन्‍याय गरेका छौ। परमप्रभु न्‍यायकर्ता हुनुहुन्‍छ। उहाँले आज इस्राएली र अम्‍मोनीहरूका माझमा आफ्‍नो फैसला दिनुहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामीहरूले तिमीहरूलाई केही खराबी गरेका छैनौं, तर तिमीले हामीलाई आक्रमण गरेर खराबी गरिरहेका छौ। परमप्रभु, जो न्‍यायकर्ता हुनुहुन्‍छ, उहाँले नै इस्राएलीहरू र अम्‍मोनीहरूका बीचमा आजको दिन न्‍याय गरून्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तपाईंमाथि खराबी गरेको छैनँ; तर तपाईंले भने मेरो विरुद्धमा युद्ध गरेर ममाथि अन्याय गर्नुहुँदैछ। न्यायकर्ता याहवेहले नै आज इस्राएलीहरू र अम्मोनीहरूको बीचको यो झगडामा निर्णय गरिदेऊन्।”
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका मानिसहरूले तिमीहरू विरूद्ध केही पाप गरेका छैनन्। तर तिमीहरूले इस्राएलका मानिसहरूको विरूद्ध अत्यन्त नराम्रो काम गरिरहेछौ। साँचो न्यायकर्त्ता परमप्रभुले निर्णय गरून् इस्राएलका मानिसहरू कि अम्मोनी मानिसहरू सहिछन्।