Judges 11:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म विजय पाएर घर फर्किजाँदा मेरा घरदेखि मलाई भेट्‍न आउने सबैभन्दा पहिलो व्‍यक्तिलाई म होमबलि चढाउनेछु। म त्‍यस व्‍यक्तिलाई तपाईंको निम्‍ति बलि चढाउनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब म अम्‍मोनीहरूबाट कुशलसित फर्कुंला तब मलाई भेट्‌नलाई मेरो घरको ढोकाबाट बाहिर आउने पहिलो प्राणी परमप्रभुको हुनेछ। म त्‍यसलाई होमबलि गरी चढ़ाउनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म अम्मोनीहरूबाट सुरक्षित फर्कँदा मलाई भेट्न मेरो घरको ढोकाबाट जो निस्किआउँछ, त्यो याहवेहको हुनेछ र म त्यसलाई याहवेहकहाँ होमबलिस्वरूप चढाउनेछु।”
Nepali ERV (पवित्र बाइबल)
म तपाईंलाई त्यो प्रथम बस्तु प्रदान गर्नेछु जुन बस्तु विजय प्राप्त गरेर म फर्केको बेला मेरो घरबाट निस्कन्छ। परमप्रभुलाई म त्यो होमबलिको रूपमा अर्पण गर्नेछु।”