Judges 11:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब यिप्‍ता मिस्‍पामा आफ्‍नो घरमा आए, उसकी छोरी खैँजडी बजाएर नाच्‍दै उसलाई भेट्‍न आई। त्‍यो उसको एउटै सन्‍तान थिई।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब यिप्‍ता मिस्‍पामा आफ्‍नो घरमा फर्के, तब तिनलाई बाहिर भेट गर्न खैँजड़ी बजाउँदै र नाच्‍दै तिनकी छोरी आइन्‌। यिनी तिनकी एउटै छोरी थिइन्, तिनको अरू कोही छोराछोरी थिएनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब यिप्‍ता आफ्नो घर मिस्पामा फर्के, तब तिनलाई भेट्न तिनकी छोरी खैँजडीको धुनमा नाच्दै आइन्! तिनी उनकी एउटै सन्तान थिइन्। तिनीबाहेक उनका अरू छोराछोरी थिएनन्।
Nepali ERV (पवित्र बाइबल)
यिप्तह मिस्पा फर्केर गए। यिप्तह आफ्ना घर गए अनि उसकी छोरी तिनलाई भेट्न घरबाहिर निस्की। तिनी खैंजडी बजाउँदै अनि नाच्दै थिईन्। तिनी उसकी एउटै छोरी थिईन्। यिप्तहले उसलाई अत्यन्तै प्रेम गर्थे। यिप्तहका अरू छोरा-छोरी थिएनन्।