Judges 11:36 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसले उसलाई भनी, “यदि तपाईंले परमप्रभुलाई प्रतिज्ञा गर्नुभएको छ भने तपाईंले भनेजस्तै मसँग गर्नोस् किनकि परमप्रभुले तपाईंलाई आफ्ना शत्रु अम्मोनीहरूसँग बदला लिन दिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यिनले जवाफ दिइन्, “बुबा, तपाईंले परमप्रभुमा गम्भीर भाकल गर्नुभएको छ। तपाईंले त्यहीअनुसार मलाई गर्नुहोस्, किनभने परमप्रभुले तपाईंका शत्रु अम्मोनीहरूसँग बदला लिनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले जवाफ दिइन्, “मेरा बुबा, तपाईंले याहवेहलाई आफ्नो वचन दिनुभएको छ। अब याहवेहले तपाईंका शत्रुहरू अम्मोनीहरूसित बदला लिनुभएकोले तपाईंले प्रतिज्ञा गर्नुभएझैँ मलाई गर्नुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
तब उसकी छोरीले यिप्तहलाई भनी, “बाबु, तपाईंले परमप्रभुसित भाकल गर्नुभयो। यसर्थ तपाईंको भाकल पूरा गर्नुहोस्। तपाईंले के गर्छु भन्नु भएको थियो त्यही गर्नुहोस्। आखिरमा, परमप्रभुले तपाईंका शत्रुहरू, अम्मोनी मानिसहरूलाई पराजित गर्नमा सहायता प्रदान गर्नु भयो।”