Judges 11:38 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसले त्यसलाई दुई महिनाको लागि बिदा गरिदियो। त्यो आफ्ना सहेलीहरूसँग डाँडामा गई र विवाह नगरी सन्तानबिना मर्नुपरेकोमा शोक गरी।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले भने, “जाऊ।” र तिनले यिनलाई दुई महिनाको निम्ति बिदा गरे। तिनी आफ्ना सहेलीहरूसित गइन्, र डाँड़ाहरूमा आफ्नो कुमारीत्वको निम्ति रोइन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनले भने, “तिमी जान सक्छौ।” अनि उनले तिनलाई दुई महिनाको निम्ति जान दिए। तिनी र अरू केटीहरू डाँडाहरूमा गएर रोए; किनकि तिनले कहिल्यै विवाह नगर्ने भइन्।
Nepali ERV (पवित्र बाइबल)
यिप्तहले भने, “जा अनि त्यसो गर।” यिप्तहले उसलाई दुइ महीनाका निम्ति पठाइदिए। यिप्तहका छोरी अनि उनका साथीहरू पहाड पर्वतमा बसे। तिनीहरू उसको निम्ति रोए-कराए किनभने तिनले विवाह गर्ने छैन अनि नानीहरू जन्माउने छैन।