Judges 11:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यिप्ताले उत्तर दिए, “तिमीहरूले मलाई यति घिन गर्थ्यौ कि मलाई मेरा बुबाको घर छोड्न कर लाग्यो। अहिले कष्ट पर्दा किन मकहाँ आउनुपर्यो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यिप्ताले गिलादका बुढा-पाकाहरूलाई भने, “तिरस्कार गरेर तिमीहरूले मलाई मेरा पिताको घरबाट धपायौ। दु:ख पाउँदा अब किन तिमीहरू मकहाँ आउँछौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यिप्ताले तिनीहरूलाई भने, “के तपाईंहरूले मलाई घृणा गरेर मेरो पिताको घरबाट धपाउनुभएको होइन र? अब तपाईंहरूमाथि सङ्कष्ट आउँदा किन तपाईंहरू मकहाँ आउनुहुन्छ?”
Nepali ERV (पवित्र बाइबल)
तर यिप्तहले गिलाद देशका ती बूढा-प्रधानहरूलाई भने, “तिमीहरूले मलाई मेरा पिताको घर छाड्न वाध्य तुल्यायौ। तिमीहरूले मलाई घृणा गर्छौ। यसर्थ अहिले तिमीहरूलाई विपद परेको बेला मकहाँ किन आएका?”