Judges 11:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले यिप्‍तालाई भने, “हामी तिमीकहाँ यसकारण आएका छौं कि हामी चाहन्‍छौं, तिमी हामीसँग आऊ र अम्‍मोनीहरूसँग लड्‍नलाई सबै गिलादीहरूको अगुवाइ गर।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले जवाफ दिए, “तथापि अब हामी तपाईंतिर लागेका छौं। हामीहरूसित आएर अम्‍मोनीहरूसँग लड़ाइँ गर्नुहोस्, र तपाईं गिलादका सारा बासिन्‍दाहरूका शासक हुनुहुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गिलादका प्रधानहरूले यिप्‍तालाई भने, “यसैले त, अब हामी तपाईंतर्फ फर्कँदैछौँ; अम्मोनीहरूसित लडाइँ गर्न हामीसित आउनुहोस्, र गिलादमा बस्‍ने हामी सबैका शासक तपाईं हुनुहुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
गिलादका बूढा-प्रधानहरूले यिप्तहलाई भने, “यसो होइन तर अहिले हामीहरू तपाईंतिर फर्किएका छौं, अब हामीसित मिलेर अम्मोनी मानिसहरूको विरूद्ध युद्ध गर्नुहोस् भनि तपाईंलाई सोध्न आएका हौं। गिलादमा बस्ने सबै मानिसहरूको तपाईं सेनापति हुनुहुनेछ।”