Judges 12:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एफ्राइमका मानिसहरू लडाइँ गर्न तयार भए। तिनीहरू यर्दन नदी तरी सापोनमा गए र यिप्‍तालाई भने, “तिमीसित जान हामीलाई नबोलाई सिमाना नाघेर अम्‍मोनीहरूसँग लड्‍नलाई किन तिमी गयौ? हामी तिमीलाई र तिम्रा घर जलाई भस्‍म पारिदिनेछौं!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एफ्राइमीहरूले आफ्‍ना फौज भेला गरे, र पारि तरेर सापोनमा गए। तिनीहरूले यिप्‍तालाई भने, “अम्‍मोनीहरूसँग लड़ाइँ गर्न जाँदा हामीलाई किन बोलाउनुभएन? हामी तपाईंलाई तपाईंको घरसमेत जलाइदिनेछौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एफ्राइमका मानिसहरूले आफ्नो सैन्यदललाई बोलाए र सापोन पार गरे। तिनीहरूले यिप्‍तालाई भने, “अम्मोनीहरूसित लडाइँ गर्न जाँदा हामीलाई नबोलाई तपाईं किन जानुभयो? हामी तपाईंलाई तपाईंको घरसहित जलाइदिनेछौँ।”
Nepali ERV (पवित्र बाइबल)
एप्रैमका कुल समूहका मानिसहरूले तिनीहरूका समस्त सैनिकहरूलाई साथ बोलाए। त्यसपछि तिनीहरू नदी पारिको सापोन शहरमा गए। तिनीहरूले यिप्तहलाई भने, “तिमीले अम्मोनी मानिसहरूको विरूद्ध युद्ध गर्दा हामीहरूलाई सहायताका निम्ति किन बोलाउनु भएन तपाईंलाई तपाईंको घर संगै जलाउने छौं।”