Judges 12:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसका चालीस जना छोरा र तीस जना नातिहरू थिए र तिनीहरू सत्तरी वटा गधामा सवार गर्थे। अब्‍दोन आठ वर्षसम्‍म इस्राएलको अगुवा रह्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका चालीस छोरा र तीस नाति थिए, र हरेक आ-आफ्‍नो गधामा सवार हुन्‍थ्‍यो। तिनी आठ वर्षसम्‍म इस्राएलका अगुवा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनका चालीस जना छोरा र तीस जना नाति थिए, जो सत्तरी वटा गधाहरूमाथि सवार हुन्थे। तिनले इस्राएललाई आठ वर्षसम्म नेतृत्व गरे।
Nepali ERV (पवित्र बाइबल)
अब्दोनका चालीस जना छोराहरू अनि तीस जना नातीहरू थिए। तिनीहरू सत्तरी वटा गधामा चढथे। अब्दोन आठ वर्षसम्म इस्राएली मानिसहरूका न्यायकर्त्ता रहे।