Judges 12:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यिप्‍ताले तिनीहरूलाई भन्‍यो, “म र मेरा मानिसहरूको अम्‍मोनीहरूसँग एउटा ठूलो झगडा थियो। मैले तिमीहरूलाई बोलाएँ; तर तिमीहरूले हामीलाई तिनीहरूदेखि बचाउने थिएनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यिप्‍ताले जवाफ दिए, “म र मेरा मानिसहरूको अम्‍मोनीहरूसँग झगड़ा थियो, र मैले तिमीहरूलाई सहायताको निम्‍ति बिन्‍ती गरेको थिएँ। तिमीहरूले हामीलाई उनीहरूका हातदेखि बचाएनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यिप्‍ताले जवाफ दिए, “म र मेरा मानिसहरू अम्मोनीहरूसितको ठूलो सङ्घर्षमा व्यस्त थियौँ, र मैले तिमीहरूलाई बोलाए तापनि तिमीहरूले मलाई तिनीहरूका हातबाट बचाएनौ।
Nepali ERV (पवित्र बाइबल)
यिप्तहले तिनीहरूलाई उत्तर दिए, “अम्मोनी मानिसहरूले हामीलाई अनेक समस्याहरू उत्पन्न गराइरहे। यसर्थ म अनि मेरो मानिसहरू तिनीहरूको विरूद्ध लडेका हौं। मैले तिमीहरूलाई बोलाएँ, तर तिमीहरू हामीलाई सहायता गर्न आएनौ।