Judges 12:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब मैले तिमीहरूबाट केही मद्दत नपाउने भएको बुझें, मैले आफ्नो प्राण खतरामा हालेर सिमाना पार गरेर गई तिनीहरूसँग लडाइँ गरें। परमप्रभुले मलाई तिनीहरूमाथि विजय गराउनुभयो। त, अब के भनेर तिमीहरू मसँग लड्न आइरहेका छौ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब मैले यो देखें कि हामीले तिमीहरूबाट केही सहायता नपाउने रहेछौं, तब आफ्नो प्राण जोखिममा हालेर अम्मोनीहरूका विरुद्धमा हिँड़ें, र परमप्रभुले उनीहरूलाई मेरो हातमा सुम्पिदिनुभयो। अब किन तिमीहरू आज मलाई आक्रमण गर्दैछौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मैले तिमीहरूबाट केही सहायता नपाउने रहेछु भनी देखेँ, तब आफ्नो प्राण हत्केलामा लिएर म तिनीहरूसित लडाइँ गर्न पारि गएँ। अनि याहवेहले मलाई तिनीहरूमाथि विजय दिनुभयो। अब किन तिमीहरू आज मसित लडाइँ गर्न आइरहेका छौ?”
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले हामीलाई सहायता गर्ने छैनौं भनी मैले देखे। यसर्थ मैले आफ्नै जीवनलाई जोखिममा पारे। अम्मोनी मानिसहरू विरूद्ध लड्न म नदीपारि गएँ। परमप्रभुले मलाई तिनीहरूमाथि पराजित गर्नमा सहयोग प्रदान गर्नु भयो। अब, आज तिमीहरू किन मसित लड्न आउछौं?”