Judges 12:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब यिप्‍ताले गिलादका सबै मानिसहरूलाई भेला गरे र एफ्राइमीहरूसँग लडाइँ गरे अनि तिनीहरूलाई हराए। (एफ्राइमीहरूले भनेका थिए, “तिमी, एफ्राइम र मनश्‍शे गिलादमा बास गर्ने गिलादीहरू भगुवाहरू हौ!”)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यिप्‍ताले गिलादका सबै मानिसहरूलाई भेला गरेर एफ्राइमसँग लड़ाइँ गरे। गिलादीहरूले तिनीहरूमाथि प्रहार गरे, किनकि एफ्राइमीहरूले यसो भनेका थिए, “तिमी गिलादीहरू एफ्राइम र मनश्‍शेबाट बागी भएर गएका हौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि यिप्‍ताले गिलादका मानिसहरूलाई भेला गरे। अनि एफ्राइमको विरुद्धमा लडाइँ गरे। गिलादीहरूले तिनीहरूलाई पराजित गरिदिए; किनकि एफ्राइमीहरूले भनेका थिए, “तिमी गिलादीहरू त एफ्राइम र मनश्शेका शरणार्थी हौ।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि यिप्तहले गिलादका मानिसहरूलाई एक साथ बोलाए। तिनीहरूले एप्रैमका कुल समूहका मानिसहरूको विरूद्ध युद्ध गरे। तिनीहरू एप्रैमका मानिसहरूको विरूद्ध लडे किनभने ती मानिसहरूले गिलादका मानिसहरूको अपमान गरेका थिए। तिनीहरूले भनेका थिए, “तिमी गिलादका मानिसहरू केही होइनौ एप्रैममा छोडीएका मानिसहरू मात्र हौ। तिमीहरूको आफ्नो निवास भूमिधरि छैन। तिमीहरूको अंश एप्रैमको हो। अनि तिमीहरूको अंश मनश्शेको हो।” गिलादका मानिसहरूले एप्रैमका मानिसहरूलाई पराजित गरिदिए।