Judges 12:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एफ्राइमीहरूलाई भाग्न नदिनलाई यर्दन पार गर्न सक्ने घाटहरू सबै गिलादीहरूले कब्जामा लिए। जब कुनै भागिरहेको एफ्राइमीले नदी तर्ने अनुमति माग्थ्यो, गिलादीहरूले त्यसलाई सोध्थे, “के तँ एफ्राइमी होस्?” त्यसले “होइन” भनी उत्तर दिए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गिलादीहरूले यर्दनका जँघारहरू लिए, र एफ्राइमीहरूलाई जान नदिने गरी रोकिराखे। जब भागेको कुनै एफ्राइमीले पारि जानलाई बिन्ती गर्थ्यो, तब गिलादका मानिसहरूले त्यसलाई सोध्दथे, “के तँ एफ्राइमी होस्?” र त्यसले “होइन” भन्यो भनेदेखि
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गिलादीहरूले एफ्राइमतिर जाने यर्दनको किल्ला कब्जा गरे। अनि जहिले पनि एफ्राइमका बाँचेका कसैले “मलाई पारि जान देओ” भन्दा गिलादका मानिसहरूले त्यसलाई सोध्थे, “के तिमी एफ्राइमी हौ?” यदि त्यसले “होइन” भन्यो भने,
Nepali ERV (पवित्र बाइबल)
गिलादका मानिसहरूले ती स्थानहरू अधिकारमा लिए जहाँबाट मानिसहरू यर्दन नदीपार गर्छन्। ती ठाउँहरूबाट एप्रैम देशतिर जान्छ। एप्रैममा बाँचेका जो कोही पनि नदीमा आउँछन् उसले भन्छन्, “मलाई पारि तर्न देऊ।” तब गिलादका मानिसहरू उसलाई सोध्छन्, “के तिमी एप्रैमका मानिस हौ?” यदि उसले “होइन,” भन्यो भने