Judges 12:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसलाई ‘शिब्‍बोलेत’ भन्‍न लाउँथे। तर त्‍यो शब्‍द ठीकसँग भन्‍न नसकेर त्‍यसले ‘सिब्‍बोलेत’ भन्‍थ्‍यो। तब त्‍यसलाई पक्रेर त्‍यहीँ नदीको घाटमा तिनीहरूले मार्थे। यसरी त्‍यस समय ४२,००० एफ्राइमीहरू मारिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले भन्‍थे, “त्‍यसो भए, ‘शिब्‍बोलेत’ भन्‌।” त्‍यसले त्‍यो शब्‍द ठीकसित उच्‍चारण गर्न नसकेर “सिब्‍बोलेत” भन्‍यो भने, तिनीहरूले त्‍यसलाई यर्दनका जँघारहरूमा पक्रेर मार्दथे। त्‍यस बेला एफ्राइमका बयालीस हजार मानिसहरू मारिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले भन्थे, “ठिक छ, ‘शिब्बोलेत’ भन।” यदि त्यसले त्यो शब्द ठिकसित उच्‍चारण गर्न नसकेर “सिब्बोलेत” भन्यो भने तिनीहरूले त्यसलाई पक्रेर यर्दनको किल्‍लामा मारिदिन्थे। त्यस बेला एफ्राइमका बयालीस हजार मानिसहरू मारिए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले भन्छन्, “‘शिब्बोलेत’ शब्द भन।” एप्रैमका मानिसहरू त्यो शब्द ठीकसित भन्न सक्तैन थिए। तिनीहरूले त्यो शब्द ठीकसितले भन्न सक्तैन थियो। तिनीहरूले त्यो शब्दको उच्चारण “सिब्बोलेत” भनी गर्थे। यसर्थ, यदि त्यस व्यक्तिले “सिब्बोलेत” भनी उच्चारण गरे भने गिलादका मानिसहरू बुझ्थे कि उ एप्रैमका मानिस हुन्। यसर्थ उसलाई तिनीहरूले पार गर्ने स्थानमा मारिदिन्थे। तिनीहरूले एप्रैमका 42,000 मानिसहरूलाई मारे।