Judges 12:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनका तीस भाइ छोरा र तीस बहिनी छोरीहरू थिए। उनले छोरीहरूलाई आफ्ना कुलदेखि बाहिर विवाह गरिदिए र बाहिरबाट नै छोराहरूका निम्ति बुहारीहरू ल्याए। इब्सानले सात वर्षसम्म अगुवाइ गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका तीस जना छोरा र तीस छोरी थिए। तिनले ती तीस छोरीहरूलाई अरू वंशसित विवाह गरिदिए, र आफ्ना छोराहरूका निम्ति तीस जना बुहारीहरूलाई अरू वंशबाट ल्याए। तिनी सात वर्षसम्म इस्राएलका अगुवा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनका तीस जना छोरा र तीस जना छोरी थिए। तिनले आफ्नी छोरीहरूका विवाह आफ्नो वंशभन्दा बाहिर गरिदिए। अनि आफ्ना छोराहरूका पत्नीहरू आफ्नो वंशभन्दा बाहिरका तीस जना जवान स्त्रीहरू ल्याए। इब्सानले इस्राएललाई सात वर्षसम्म नेतृत्व गरे।
Nepali ERV (पवित्र बाइबल)
इब्सानका तीस जना छोराहरू अनि तीस जना छोरीहरू थिए। तिनले आफ्ना तीसजना छोरीहरूलाई ती मानिसहरूसित विवाह गर्न जो तिनका आफन्तहरू होइनन्। अनि तिनले आफ्ना आफन्त नपर्ने तीस जना स्त्रीहरू खोजे अनि तिनका छोराहरूले ती स्त्रीहरूलाई विवाह गरे। इब्सान सात वर्षसम्म इस्राएलका मानिसहरूका न्यायकर्त्ता थिए।