Judges 13:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानोह उठेर आफ्नी स्वास्नीको पछि लाग्यो। ती मानिसकहाँ गएर उसले भन्यो, “मेरी स्वास्नीसँग कुरा गर्नुहुने मानिस तपाईं नै हुनुहुन्छ?” “हो,” उनले उत्तर दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानोह झट्टै तिनीसँग गए र त्यस व्यक्तिलाई भेटेर भने, “के मेरी पत्नीसँग कुरा गर्ने तपाईं नै हुनुहुन्छ?” तिनले भने, “हो, म नै हुँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानोह उठे, र आफ्नी पत्नीको पछि लागे। तिनी त्यस मानिसकहाँ आइपुगेपछि तिनले भने, “के मेरी पत्नीसित बोल्ने मानिस तपाईं नै हुनुहुन्छ?” तिनले भने, “हो, म नै हुँ।”
Nepali ERV (पवित्र बाइबल)
मानोह उठे अनि आफ्नी पत्नीको पीछा गरे। जब तिनी त्यो मानिस भएकहाँ आए, तिनले भने, “मेरी पत्नीसित कुरा गर्ने मानिस तपाईं नै हुनुहुन्छ?” स्वर्गदूतले भने, “म नै हुँ।”